रुकुमबाट नेपालगञ्ज जाँदै गरेको फोर्स गाडि सल्यानको कपुरकोटमा दुर्घटना

सोमबार, भदौ ४, २०८०

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका ३ आगरखोलामा फोर्स गाडि दुर्घटना भएको छ । 

रुकुम पश्चिमको  नुवाकोटबाट नेपालगन्जका लागि छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी सोमबार दिउँसो आगरखोलामा दुर्घटना भएको हो ।  

सल्यानको राप्ती एफएमका अनुसार गाडीमा भएका अधिकांश घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ । दुर्घटनास्थलमा प्रहरी, स्थानीय लगाएतकाले उद्धार कार्य जारी राखेका छन् । गाडी सडक देखी करिब दुइ सय मिटर तल खसेको बताईएको छ । गाडिमा १६ जना यात्रु सवार रहेको जनाईएको छ । 

 घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्