नेभिगेशन
समाज
पढ्दै कमाउदै कार्यक्रम 

रुक्मिणी माविमा प्राविधिक पढ्ने बिद्यार्थीलाई तरकारीको बीउ वितरण

बिद्यार्थीलाई उत्पादन र आम्दानीप्रति आकर्षण बढ्दै

रुकुम पूर्वको एक बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत बिभिन्न तरकारीका बीऊ वितरण गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यमिक बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम मार्फत बिद्यालयमा अध्ययनरत प्राविधिक धारतर्फका ६८ जना बिद्यार्थीहरुलाई बिभिन्न तरकारीको बीऊ वितरण गरिएको हो ।

बिद्यालयका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत प्राविधिक धारतर्फका ईच्छुक, जेहेन्दार बिद्यार्थीहरुलाई काउली, बन्दा, मुला र रायोको एक एक प्याकेट बीउ वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । तरकारी बीउ प्राप्त गरेका बिद्यार्थीहरुले आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्नेछन् र आम्दानी पनि उनीहरुले नै प्राप्त गर्नेछन् । 

शैक्षिक सत्र ०७९÷८० देखी यस बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रम संचालन गरिएको छ । बिद्यार्थीको शिक्षालाई सीप र सीपलाई उद्यममा जोड्ने उद्धेश्यले संचालनमा रहेको यस कार्यक्रम अन्तर्गत बिद्यार्थीलाई तरकारी बीउ वितरण गरिएको बिद्यालयका कृषि तथा प्राबिधिक कार्यक्रम संयोजक नविन शर्माले जानकारी दिनुभयो ।

यसअघि बिद्यालयले उक्त कार्यक्रम मार्फत नै २५ जना बिद्यार्थीहरुलाई मौरी गोला सहितका घार वितरण गरिसकेको छ । बिद्यार्थीहरुले सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान आवश्यक हुने हुँदा यस कार्यक्रमले थप मद्धत पु¥याएको बिद्यालयले जनाएको छ । साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पढाईमा आवश्यक आर्थिक भारमा समेत सहयोग पुगेको बताईएको छ ।

359565575_187816970790184_8076021409513767889_n1690816335.jpg

बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा भएको मौरी सहितका घार वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, शिक्षा शाखा प्रमुख मंगलसिंह बुढा, कृषि शाखा प्रमुख दिनेश वली, बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, एकिकृत कृषि तथा पशुपक्षीं बिकास कार्यालयका निमित्त कार्यालय प्रमुख छबिलाल मगर, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका रमेश शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष फनेन्द्र आचार्य, शिक्षक, बिद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । 

कृषि संयोजक नबिन कुमार शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कृषि ल्याव पर्सन उर्मिला गौतमले गर्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर