नेभिगेशन
समाज

बालमन्दिरमा तरकारी खेती सम्बन्धी तालिम सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बालमन्दिरमा पाँच दिने मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम समापन भएको छ ।

हिताधिकारी कल्याण केन्द्र कर्णाली प्रदेश सुर्खेतद्वारा संचालित तालिम शुक्रबार सम्पन्न भएको हो ।

मौसमि तथा बेमौसमी तरकतरि खेति तालिमका बारेमा जानकारी दिने र किसानलाई व्यवसायीक बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिमको सहजिकरण कृषि बिकास कार्यालय रुकुम पश्चिमका प्राविधिक सहायक महेश चन्द लगायतले गर्नुभएको थियो ।

तालिमको समापन समारोहमा नरसिंह दल गण सल्लेका सेनानी भिष्म रावल, जिल्ला युवा समन्वय समितिका अध्यक्ष भिमराज ओली, हिताधिकारी कल्याण केन्द्र कर्णाली प्रदेश सुर्खेतका चन्द्र केसी, तालिम संयोजक गणेश सपकोटा, हिताधिकारी कल्याण केन्द्रका फोकल पर्सन तेजबहादुर चन्द लगायतको सहभागीता रहेको थियो ।

पाँच दिनसम्म चलेको उक्त तालिममा ३० जना किसानहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर