नेभिगेशन
समाज

नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पूर्वको अधिवेशन सम्पन्न

रुकुम पूर्व / नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार रुकुमकोटमा सम्पन्न भएको दोस्रो जिल्ला अधिवेशनले नयाँ कार्य समिती चयन गरेको छ। अधिवेशनले भोगबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको अधिवेशन समितिका संयोजक भूप बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा समिर गिरी, सर्मिला थापा, सचिवमा सन्तोष घर्तीमगर, सहसचिवमा निष्मा खड्का र कोषाध्यक्षमा दुर्गा पुन चयन हुनुभएको छ । त्यस्तै सदस्यमा तेजप्रकाश पुन, रिता आचार्य, करुणा पाण्डे, अर्जुन सेन र नविन दाहाल चयन हुनुभएको छ ।

भूप बहादुर खड्काको अध्यक्षता र दिनेश ओलीको सन्चालनमा रहेको उक्त अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीको प्रमुख र माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ र प्रदेश समिति सदस्य कृष्ण रेग्मिको विशेष आतीथ्यता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज