नेभिगेशन
राजनीति

राष्ट्रिय युवा संघ मुसीकोटको अध्यक्षमा जीवन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मुसिकोट नगरपालिका रुकुम पश्चिमको अधिवेशन सम्पन्न भएको छ । पार्टी कार्यालय बागबजारमा भएको जिल्ला अधिबेशन मार्फत राष्ट्रिय युवा संघको नयाँ नगर कमिटि निर्माण भएको हो ।

जसको अध्यक्षमा जीवन भुषाल, उपाध्यक्ष सुनिल रावल, सचिव दिपिका केसी, उप–सचिवमा दिपेश खड्का र सन्तोष शर्मा रहनुभएको छ । नगर कमिटि २९ सदस्यीय निर्माण भएको छ । ज्ञानेन्द्र रावलको अध्यक्षतामा भएको अधिबेशनमा युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जोन आर्सीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै पाटीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको विषेश आतिथ्यता रहेको अधिबेशनमा, जिल्ला कमिटि सचिव शशिराम नेपाली, जिल्ला सचिवालय सदस्य हेमराज पुन, राष्ट्रिय युवासंघ नेपालका जिल्ला अध्यक्ष लालबहादुर बुढा लगायतको आतिथ्यता रहेको थियो ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति