नेभिगेशन
समाज

चौखाबाङमा सकियो कुप्रेकोट मेला

मुसिकोट नगरपालिका–९, चौखाबाङमा लाग्ने ऐतिहासिक कुप्रेकोट मेला २०८३ भव्य रूपमा सम्पन्न भएको छ।

पाँच दिनसम्म सञ्चालन भएको मेलामा एकता समाज नेपाल, मुसिकोट–९ ले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको थियो।मेलालाई थप आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले यस वर्ष केही नयाँ तथा सिर्जनात्मक कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ।

एकता समाज नेपालको स्थापना भएदेखि नै मेलामा हरेक वर्ष केही नयाँपन दिने प्रयास हुँदै आएको छ। गत वर्ष पहिलोपटक मयूर नाच भित्र्याइएकोमा यस वर्ष पनि विभिन्न नवीन कार्यक्रम प्रस्तुत गरिएको थियो।यस वर्ष पहिलोपटक पत्रकार सम्मेलनमार्फत मेलाको औपचारिक सूचना सार्वजनिक गरिएको थियो।

त्यस्तै, अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक दुर्गाराज बुढालाई करिब आधा घण्टामै १२ किलोमिटर दूरी पार गराई सम्मान तथा पुरस्कृत गरिएको थियो। ड्रोनको प्रयोग गरी गाउँ तथा मेलाका दृश्यहरू समेटेर फोटो, भिडियो र वृत्तचित्रसमेत तयार पारिएको थियो।

मेलालाई सफल बनाउन स्वदेश तथा विदेशबाट आर्थिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक, दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति आयोजक एकता समाज नेपालले हार्दिक आभार व्यक्त गरेको छ।

आयोजकका अनुसार सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूको अपार माया, साथ, सहयोग र समर्थनकै कारण मेला सफलतापूर्वक सम्पन्न भएको हो। आगामी दिनमा पनि यही सहकार्य, एकता र सद्भावलाई निरन्तरता दिँदै मेलालाई अझ व्यवस्थित, सिर्जनात्मक र आकर्षक बनाउँदै लैजाने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्