
आज नवौँ निर्वाचन दिवस
विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आएको हो । बुधबार, फागुन ७, २०८१
रुकुम पश्चिममा भूकम्प प्रभावितको अस्थायी टहराको दोस्रो किस्ता निकासा
भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ । सोमबार, फागुन ५, २०८१
चौरजहारीमा सरकारी मोटरसाईकल दुर्घटना हुँदा दुई किशोर घाईते
रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटनामा परेर दुई किशोर घाईते भएका छन् । आइतबार, फागुन ४, २०८१
कार्यसम्पादनमा सानीभेरी गाउँपालिका जिल्लामै उत्कृष्ट, प्रदेशमा दोश्रो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका जिल्लामै उत्कृष्ट ठहरिएको छ । शुक्रबार, फागुन २, २०८१
लक्ष्मी सनराइज बैंकद्वारा छात्रबृत्ति वितरण
रुकुम पश्चिमस्थित लक्ष्मी सनराइज बैंक मुसिकोट शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । शुक्रबार, फागुन २, २०८१
जनयुद्ध दिवस मनाएर घर फर्कदै गरेका बृद्धको भिरबाट खसेर मृत्यु
रुकुम पश्चिममा एक बृद्धको भिरबाट खसेर मृत्यु भएको छ । शुक्रबार, फागुन २, २०८१
चौरजहारीमा नियम विपरीत सञ्चालित अटो नगर प्रहरीको नियन्त्रणमा
रुकुम पश्चिमको चौरजहारीमा नियमित विपरीत सञ्चालनमा रहेको अटो रिक्सा नियन्त्रणमा लिईएको छ । शुक्रबार, फागुन २, २०८१प्रणय दिवसका दिन छुटेको प्रेम ! (प्रेमपत्र)
मैले अन्तिम विकल्पको रुपमा भाइबर प्रयोग गरेर "Hi !" लेखेँ । तिमीले Hi को जवाफमा"Goodbye" लेख्यौ । शुक्रबार, फागुन २, २०८१
जनयुद्ध दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण
नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर कमिटी रुकुम पश्चिमले जनयुद्धको ३० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । बिहीबार, फागुन १, २०८१
तत्कालिन गुरिल्ला हिडेको बाटोमा गुरिल्ला म्याराथन, रुकुमका दुर्गा र जुम्लाकी कल्पना प्रथम
तत्कालिन बिद्रोही नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धताका माओवादी लडाकु (गुरिल्ला) हिंडेको बाटो र तालिम केन्द्र सञ्चालन भएको स्थल मौराखारालाई चिनाउन सुरु गरिएको मौराखारा गुरिल्ला म्याराथनको सातौ संस्करण आज सम्पन्न भएको छ । बिहीबार, फागुन १, २०८१
त्रिवेणीमा किसानका बारीमा बम भेटियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । बिहीबार, फागुन १, २०८१
महिला तर्फको गुरिल्ला म्याराथन सम्पन्न, जुम्लाका चार धाविका उत्कृष्ट
जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौं संस्करणको महिला तर्फको दौड सम्पन्न भएको छ । बिहीबार, फागुन १, २०८१