नेभिगेशन
घटना/दुर्घटना

बागबजारमा अटो र मोटरसाईकल ठोक्किदा एक जना घाईते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बागबजारमा अटो र मोटरसाईकल ठोक्किएर दुर्घटना भएको छ । 

सेरीगाउँबाट खलंगातर्फ आउँदै गरेको अटो र खलंगाबाट सेरीगाउँतर्फ जाँदै गरेको मोटरसाईकल बागबजारको ओरालोमा ठोक्किएका हुन् । दुर्घटनामा परेर मोटरसाईकलमा सवार एक जना घाईते भएका छन् । 

घाईतेको पहिचान खुलेको छैन । घाईतेलाई उद्धार गरेर उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

लु.प्र.०२००१ ह ०३६० नम्वरको अटो र भे ३ प ८१५ नम्वरको मोटरसाईकल ठोक्किएका हुन् । दुवै सवारीका चालकको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल र अटो दुबैमा क्षति पुगेको छ । दुर्घटना थप  विवरण आँउन बाँकि छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना