नेभिगेशन
खेल

आईसिसिमा नेपाल एक स्थान माथी उक्लीयो

काठमाडौँ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरियताक्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । पछिल्लो पटक सार्वजनिक भएको वरियतामा नेपाल टी–ट्वेन्टी वरियतामा १४ औं स्थानमा उक्लिएको हो ।

आईसीसीका अनुसार नेपालले ७ खेलबाट ३०३ अंक प्राप्त गर्दै यो वरियता काम गरेको हो । यसअघि नेपाल १५ औं स्थानमा थियो ।

१८ देशको वरियतामा पहिलोमा पाकिस्तान, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा दक्षिण अफ्रिका र पाँचौमा इंग्ल्याण्ड रहेका छन् । न्युजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश क्रमशः छैटौंदेखि दशौं स्थानसम्म छन् ।

स्कटल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स ११ औं, १२ औं र १३ औं स्थानमा छन् । नेपाल भन्दा पछाडि यूएइ १५ औं, हङकङ १६ औं, आयरल्याण्ड १७ औं र ओमान १८ औं स्थानमा रहेका छन् ।

टी–ट्वेन्टीकी खेलाडी वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का अलराउण्डर तर्फ ३७ औं स्थानमा उक्लिन सफल भएका छन् ।

भारतीय अलराउण्डर रोहित शर्मा भने टी–ट्वेन्टी वरियतामा पारसभन्दा पछाडि ४० औं स्थानमा परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्