नेभिगेशन
समाज

कोरिया जान चाहने युवाका लागि आवेदन खुल्ला

काठमाडौँ ।

दक्षिण कोरियामा कम्तीमा तीन बर्ष बैधानिक रुपमा काम गरेर फर्र्किएर फेरि कोरिया जान चाहने युवाका लागि आवेदन खुल्ला गरिएको छ ।

आउँदो बैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षाका लागि आवेदन खुल्ला गरिएको हो । काठमाडौमा रहेको बैदेशिक रोजगार विभाग अन्र्तगतको रोजगार अनुमती प्रणाली इपीएस शाखा मार्फत पर्सिसम्म आवेदन दिन सकिने छ ।

चैत ११ गते परिक्षा तालिका सार्वजनिक गर्ने शाखाले जनाएको छ । इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटीमा आधारित परिक्षामा सहभागी हुने व्यक्तिको नामावली नै कोरियाको मानव संशाधन विकासले पठाउने पनि जानकारी दिए ।

यसका लागि कोरियामा बैधानिक भएर काम गरेको,फौजदारी अभियोगमा जेल नपरेको,नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरु कम्प्युटर परिक्षाका लागि योग्य हुन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज