नेभिगेशन
समाज

डिग्रे मेलाको अवसरमा मुसिकोटमा दुई दिन बिदा

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले प्रसिद्ध डिग्रे मेला को अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै मंसिर ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नगरपालिकाको वडा नं। ५ स्थित साइकुमारी भगवती मन्दिर डिग्रेमा परम्परागत रूपमा लाग्दै आएको डिग्रे मेलाको अवसरमा नगर कार्यपालिकाको ६२औँ बैठकको निर्णयअनुसार बिदा दिइएको सूचनामा उल्लेख  गरियको छ।

उक्त दुई दिन नगर कार्यपालिकाको कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्य संस्था, वडा कार्यालय तथा शैक्षिक संस्थाहरू लगायत नगरपालिकाअन्तर्गतका निकायहरूमा स्थाई सार्वजनिक बिदा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्