नेभिगेशन
समाज

सिम्रुतुमा शिक्षक अध्यापन अनुमति पत्रको लागि निःशुल्क कक्षा हुँदै

रुकुम पश्चिमस्थित सिम्रुतु क्याम्पसले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को लागी निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

क्याम्पसले स्नातक तह शिक्षाशास्त्र संकाय (बी.एड.) मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क लाइसेन्स तयारी कक्षा तथा कम्प्युटर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । क्याम्पसले एक सूचना जारी गर्दै बी.एड. प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी उक्त कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

२०८३ मंसिर १४ गतेदेखि सञ्चालन हुनेगरी शिक्षक अध्यापन अनुमति पत्र प्राप्त गर्ने तयारीमा रहेका तथा कम्प्युटर सीप विकास गर्न चाहने विद्यार्थीहरूले यस अवसरको लाभ लिन क्याम्पसले अनुरोध गरेको छ । विद्यार्थीहरूलाई अध्यापन अनुमति पत्रको तयारीसँगै कम्प्युटरसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्