नेभिगेशन
समाज

सानीभेरीका २३७ जना भूकम्प प्रभावितको खातामा पहिलो किस्ताको रकम जम्मा

सानीभेरी गाउँपालिकाका २३७ जना लाभग्राहीले आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गरेका छन ।

जाजरकोट केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित सानीभेरी गाउँपालिकाका २३७ जना लाभग्राहीले आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गरेका हुन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार उहाँहरुलाई ५० हजारका दरले पहिलो किस्ताको रकम उपलब्ध गराईएको हो ।

उहाँका अनुसार वडा नम्वर १ का १३ जना, २ का ८ जना, ३ का २५ जना, ४ का ३६ जना र ५ का १६ जना लाभग्राहीको खातामा पहिलो किस्ताको रकम जम्मा गरिएको हो । त्यसैगरी वडा नम्वर ६ का १२ जना, ७ का १७ जना, ८ का ३३ जना, ९ का १६ जना, १० मा २३ जना र ११ का ३७ जनाको खातामा रकम जम्मा गरि पठाईएको गाउँपालिकाले जनाएकाृ छ ।

पुनर्निर्माणसम्बन्धी कार्यविधिमा रहेका व्यावहारिक कठिनाइ र अन्योललाई संशोधन गरी सबै वास्तविक लाभग्राहीको आवास निर्माण सुनिश्चित हुने विश्वासका साथ पहिलो किस्ता पठाईएको गाउँपालिकाले जनाएको छ । आवास निर्माण सम्झौता तथा पुनर्निर्माणसम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत लाभग्राहीलाई गाउँपालिकाले अनुरोध गरेको छ।

अब पुनर्निर्माणको काम अघि बढेकोले क्रमैसँग अन्य लाभग्राहीहरुसँग सम्झौता गरेर काम अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्