नेभिगेशन
समाज

कुलपुजा गर्न आएकी महिलालाई दुर्व्यवहार गर्ने धामी र पुजारी पक्राउ

सुर्खेत / महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ। महिलालाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सामाजिक संजालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विरेन्द्रनगर नगरपालिका ११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका ८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन।

लेकबेसी नगरपालिका ४ दशरथपुरमा कुलपुजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तिनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो।

पक्राउ परेका माथी अनुसन्धान हुने तर पीडित पक्षले अहिलेसम्म उजुरी नदिएको प्रहरीले जनाएको छ। ती महिला यहि पुस ४ गत्ते आफ्नो माइती कुलदेवताको पुजाको लागि आएकी थिइन ।

घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर