नेभिगेशन
राजनीति

नेपाली कांग्रेस देउवा समुहको रुकुम पश्चिम केन्द्रिय प्रतिनिधिमा केसी मनोनित 

नेपाली काँग्रेस देउवा समूहले रुकुम पश्चिमको केन्द्रिय प्रतिनिधिमा यम बहादुर केसीलाई मनोनित गरेको छ ।

कांग्रेसको देउवा समूहले आयोजना गरेको १५औं केन्द्रिय महाधिवेशन अन्तर्गतका निर्वाचन लक्षित गतिविधिहरु सम्पन्न गर्नेगरी केसीलाई केन्द्रिय प्रतिनिधिमा मनोनित गरिएको हो । 

केसीलाई महाधिवेशन तयारी समितिका संयोजक डा. शंशाक कोईरालाले मनोनित गरेको पत्र प्रदान गर्नुभएको हो । 

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वले तोकेको महाधिवेशनलाई अवैधानिक भन्दै देउवा समूहले छुट्टै महाधिवेशन तोकेको छ । महाधिवेशनलाई लक्षित गर्दै देउवा समूहले यो सँगै ७७ वटै जिल्लामा संयोजक तोकेको हो । 

यसअघि ७६ जिल्लामा संयोजक तोकेकोमा रुकुम पश्चिममा भने तोक्न सकेको थिएन । यस अघि केसी काँग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भइसक्नुभएका केसीलाई केन्द्रिय प्रतिनिधिको जिम्मेवारी तोकिएको हो ।

उहाँलाई असोज १५ गतेदेखि हुने वडा अधिवेशन देखि पालिका, प्रदेश क्षेत्रिय र महाधिवेशन प्रतिनिधि चयनको सबै चुनावी प्रक्रिया पुरा गरेर केन्द्रिय समितिमा प्रतिवेदन पेश गर्नेगरी मनोनित गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति