नेभिगेशन
राष्ट्रिय

रुकुम पूर्वकाे काेल केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

 

 

भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ । रुकुम पश्चिम,अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।

भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय