नेभिगेशन
राजनीति

रास्वपा रुकुम पश्चिमको बैठक सम्पन्न, जिल्ला र पालिकामा नयाँ नेतृत्वका लागि अधिवेशनको मिति तय

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको जिल्ला समितिको बैठक सम्पन्न भएको छ । आइतबार कर्णाली प्रदेश महामन्त्री ललित चन्दको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।

बैठकले जिल्ला र यहाँका ६ वटै पालिकामा अधिवेशन गर्नका लागि मिति तय गरेको छ । जिल्ला सभापति इन्जिनियर मान बहादुर शाहीले संगठनलाई अझ बलियो, जनमुखी र सक्रिय बनाउन पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला अधिवेशन जेठ २४ गते मुसिकोट खलंगामा गर्ने निर्णय भएको छ भने सबै पालिकाको अधिवेशन अलग अलग दिन हुनेछन् । वैठकले चौरजहारी नगरपालिकाको अधिवेशन जेठ १६ मा, आठबिसकोट नगरपालिकाको जेठ १७ मा र सानिभेरी गाउँपालिकामा जेठ १८ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बाफिकोट गाउँपालिकाको अधिवेशन जेठ १९ गते, त्रिवेणी गाउँपालिकाको जेठ २० गते र मुसिकोट नगरपालिकाको अधिवेशन जेठ २१ गते गर्ने निर्णय भएको सभापति शाहीले जानकारी दिनुभयो । 

रास्वपाका नेता पुस्तक चन्दले अधिवेशनलाई उत्साहजनक, व्यवस्थित र सहभागितामूलक रूपमा सम्पन्न गर्ने तयारी भईरहेको छ । उहाँले अधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीलाई गाउँ टोलसम्म सक्रिय बनाउने बताउनुभयो ।

अहिले जिल्ला सबै वडाहरुमा वडा अधिवेशन चलिरहेको छ । नेता चन्दले पार्टीमा नव प्रबेशीहरुको लहर समेत चलिरहेको जनाउनु भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति