नेभिगेशन
अर्थ/वाणिज्य

महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप विकास तालिम

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ५ का महिलाहरूलाई सीप विकासका लागि तालिम दिइएको छ ।

आठविसकोट नगरपालिकाको उद्योग विकास शाखाले महिलाहरूलाई आत्मनिर्भर बनाउन
लेडिज जुत्ता तथा चप्पल बनाउने तालिम प्रदान गरेको हो ।

नगरपालिकाको उद्योग विकास शाखा प्रमुख कविता बोहराले दश जना महिलाहरुलाई उक्त तालिम दिईएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा १५ दिने तालिम संचालन गरिएको हो ।

"औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार" भन्ने मुल नाराका साथ गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत उक्त तालिम सञ्चालन भएको हो ।

शाखा प्रमुख बोहराले स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्न र महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम संचालन गरिएको बताउनुभयो ।

तालिम पश्चात सहभागीहरूले सामूहिक रुपमा व्यवसाय संचालन गर्ने जनाएका छन्। उनीहरुले गोतामाकोटको सिमबजारमा व्यवसाय सञ्चालनको लागि सामाग्री समेत व्यवस्थापन गरेका छन् ।
नगरपालिकाले सहभागीहरुलाई उद्योग सञ्चालनका लागि आवश्यक मेसिन तथा औजारहरु समेत उपलब्ध गराएको छ ।
तालिम प्राप्त महिलाहरूले ग्राहकको इच्छा अनुरुपका डिजाइनमा जुत्ता र चप्पल बनाउन सकिने जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य