नेभिगेशन
अर्थ/वाणिज्य

जिल्ला सदरमुकाममै म्याद गुज्रेका दैनिक उपभोग्य सामाग्री बिक्रि, ३२ हजारका सामाग्री नष्ट

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगाको पातुखोलामा बजार अनुगमन गरिएको छ । मंगलबार मुसिकोट नगरपालिका -१ पातुखोला आसपासका ३० वटा पसलमा अनुगमन गरिएको हो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायको सहभागीतामा बजार अनुगमन गरेको हो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रेम प्रकाश केसीका अनुसार बजारमा बिक्रि वितरण हुने दैनिक उपभोग्य बस्तुहरुको गुणस्तर सुनिश्चितता, उपभोक्ताको स्वाथ्य अधिकारको संरक्षण, कानूनी व्यवस्थाको पालना लगायतका उद्धेश्यले बजार अनुगमन गरिएको हो । उहाँले ३० वटा पसल अनुगमन गर्दा १० वटा साना पसलहरु दर्ता बिनै सञ्चालन भएको पाईएको जानकारी दिनुभयो । ती पसलहरुलाई अबिलम्ब दर्ता प्रक्रियामा जान दिर्नेशन गरिएको छ । 

त्यसैगरी नौ वटा पसलमा म्याद गुज्रेका सामाग्रीहरु फेला पारेको र ती सामाग्रीहरु बराबद गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । ३२ हजार २६० मूल्य बराबरका म्याद गुज्रेका चाउचाउ, बिस्कुट, आटा पिठो ,कोक लगायत पेय पदार्थहरु, कुरमुरे, कस्मेटिक सामाग्रीहरु बरामद गरी नष्ट गरिएको हो । 

कार्यालय प्रमुख केसीले अनुगमनको क्रममा व्यवसायीहरुलाइ मुल्य सूची राख्न, नवीकरण समयमै गर्न, कारोबार थप गर्न, सरसफाइ कायम गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले पसलहरुबाट सामाग्रीहरु खरिद गर्दा अनिवार्य रुपमा उत्पादन मिति र म्याद सकिने मिति हेरेर मात्र सामानहरु खरिद गर्न  अनरोध समेत गर्नुभएको छ । 

जिल्ला प्रशासन कार्यालयले विभिन्न बिषयगत कार्यालयहरुलाई बजारको अनुगमनको लागि निर्देशन गरेको थियो । सोहि अनुसार बजार अनुगमन तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । चाडपर्वको बेला हुन सक्ने कालोबजारी र अखाद्य वस्तुको बिक्रि वितरण रोक्न र कारबाहिको दायरामा ल्याउन बजार अनुगमन नियमित गरिने प्रमुख जिल्ला अधिकारी गौतमले समेत बताउनुभयो । 

bazar-anugaman-(2)-1789473799.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्