नेभिगेशन
अर्थ/वाणिज्य

दसैंपछि सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घट्यो, कति पुग्यो त तोलाको ?

दसैं बिदापछि पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ।

यसअघि असोज ३० गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य