नेभिगेशन
समाज

गिजागाडमा भेटियो रबिको शव 

शनिबार दिउँसो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित गिजागाड खोला किनारमा भेटिएको शव सोही वडाको राडीजिउला निवासी २७ वर्षीय रबि मल्लको रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार रबिका बुवा टेकबहादुर मल्लले छोरा रबिको शव रहेको भनि सनाखत गर्नुभएको हो । 

उहाँका अनुसार रबि शुक्रबार देखि घरपरिवारको सम्पर्कमा थिएनन् । शनिबार भने स्थानीयले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना लगत्तै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक बिजय चपागाईको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको थियो । 

प्रहरी निरीक्षक पुनले मृत्युको कारण भने नखुलेको जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ । 

सम्बन्धित समाचार : 

आठबिसकोटको गिजागाडखोलामा एक पुरुषको शव फेला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्