नेभिगेशन
समाज

मूलपाटी डटकम सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत स्थापित भईरहेको छ : जनार्दन शर्मा

पूर्व मन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले मूलपाटी डटकम सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत स्थापित भईरहेको बताउनुभएको छ । 

मूलपाटी डटकमको पाँचौ वार्षिकोत्सव तथा छैटौँ वर्ष प्रवेशको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत रुकुम पश्चिमसहित समग्र कर्णाली प्रदेशको आवाजका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।

शुभकामनामा उहाँले मूलपाटी डटकमले नागरिकका समस्या, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउँदै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र जनउत्तरदायित्व अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास गर्नुभएको छ । 

उहाँले दिनुभएको बधाई तथा शुभकामना हेराैं :

"मूलपाटी डटकम अनलाइन" छैटौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सञ्चालक, सम्पादकीय टोली तथा समस्त शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत रुकुम (पश्चिम) सहित समग्र कर्णाली प्रदेशको आवाजका रूपमा स्थापित हुँदै गएको मूलपाटी डटकमले नागरिकका समस्या, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउँदै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र जनउत्तरदायित्व अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास लिएको छु।

आगामी दिनमा पत्रकारिताका व्यावसायिक मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै तथ्यमा आधारित, विश्वसनीय र जिम्मेवार पत्रकारिताको माध्यमबाट जनताको विश्वास अझ सुदृढ बनाउन सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

मूलपाटी डटकमको उत्तरोत्तर प्रगति, संस्थागत सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना ।

पूर्व मन्त्री 
जनार्दन शर्मा प्रभाकर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज