नेभिगेशन
समाज

आठबिसकोटको गिजागाडखोलामा एक पुरुषको शव फेला

रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागाड खोलामा एक पुरुषको शव फेला गरेको छ । 

शनिबार दिउँसो आठबिसकोट नगरपालिका ९ स्थित गिजागार खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकि रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार शव भेटिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भईरहेको र थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्