नेभिगेशन
राष्ट्रिय

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त  गर्नुभएकाे छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

 राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्