नेभिगेशन
राजनीति

रास्वपा रुकुम पश्चिमका सभापति शाहीद्वारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जिल्ला सभापति पदबाट राजीनामा दिनुभएको छ ।  

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहनुभएका शाहीले पार्टीलाई विजय गराउन नसकेको भन्दै सभापतिबाट राजीनामा दिनुभएको हो । 

सभापति शाहीले पार्टीका कर्णाली प्रदेश सभापति समक्ष राजीनामा दिएको जानकारी दिनुभयो । उहाँले हारको सम्पूर्ण जिम्मेवारी लिने गरी नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गर्नुभयो । 

शाही रास्वपाको संस्थापक जिल्ला सभापति हुनुहुन्छ । उहाँले जिल्ला सभापतिबाट राजीनामा दिएतापनि गरेपनि आगामी दिनमा पार्टी निर्माणका लागि अझ सशक्त भएर लाग्ने बताउनुभएको छ । 

त्यसका लागि रुकुम पश्चिमका सबै वडामा पार्टीको संगठन विस्तार गर्दै आगामी निर्वाचनमा पहिलो दल बन्नेमा निरन्तर लाग्ने उहाँले जनाउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ चार हजार ७६ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १० हजार १४९ मत प्राप्त गरेको छ । उम्मेदवार शाहीले नियामानुसार मत ल्याउन नसक्दा उहाँका धरौटी समेत जफत भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति