नेभिगेशन
राजनीति

रुकुम पश्चिममा सकियो समानुपातिक तर्फको मत गणना, नेकपालाई बढी मत

प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुकुम पश्चिममा समानुपातिक तर्फको मतगणना सकिएको छ ।

सोमबार दिउँसो मुख्य निर्वँचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 
नेकपाले २० हजार ३६ मत प्राप्त गरेर पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि नेकपाकै उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको थियो । 

समानुपातिकतर्फ नेपाली काँग्रेसले १५ हजार १८१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १४९ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीले सात हजार २०७, नेकपा (एमाले) ले पाँच हजार ८४७ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले ४७८ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी) ले ३९९ मत प्राप्त गरेको छ । 

राष्ट्रिय जनमोर्चाले ४९, आम जनता पार्टीले ७०, नेकपा (सयुक्त) ले २६, नेपाल मजदुर किसान पार्टीले १९ र श्रम संस्कृति पार्टीले २३२ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति