नेभिगेशन
राजनीति

समानुपातिक मत : रुकुम पश्चिमका चार पालिकाको मत गणना सम्पन्न (विवरणसहित)

रुकुम पश्चिममा समानुपातिक निर्वाचन अन्तर्गत मत गणना गर्ने क्रममा जिल्लाका चार वटा पालिकाको मत गणना सम्पन्न भएको छ ।

सोमबार बिहानसम्म आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको मत गणना सकिएको सहायक मुख्य निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।  

जिल्लामा समानुपातिकतर्फ कुल एक लाख सात हजार ७४९ मतदाता रहेकोमा ४२ हजार २७१ मत गणना भएको हो । गणना भएको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले १३ हजार ४४७, नेपाली कांग्रेसले नौ हजार ७६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार १९९, प्रगतिशिल लोकतान्त्रिक पार्टीले पाँच हजार ४८० र नेकपा एमालेले चार हजार २१० मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा (माओवादी) ले ३६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २०५ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाले २१, आम जनता पार्टीले ३०, नेकपा (सयुक्त) ले २२, नेपाल मजदुर किसान पार्टीले १० र श्रम संस्कृति पार्टीले १६६ मत प्राप्त गरेका छन् । 

विभिन्न ५७ पार्टीको चुनाव चिन्हमा मत खसेको छ । हालसम्म गणना भएको मध्ये ४० हजार ७२८ मत सदर भएको छ भने एक हजार ५४३ मत बदर भएको छ। 

पुरा विवरण : 

32dec5e2-a56a-41b7-996f-6e50d4405ad1-1773016933.jpg

337ef0e8-1d57-4439-8349-f6b026d6cf3d-1773016985.jpg

a4e61bb4-1321-415d-b216-d44a0ec191df-1773016983.jpg

31d6a5bc-1407-4af0-a2ef-9ad694402c81-1773016983.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति