नेभिगेशन
राष्ट्रिय

रुकुम पश्चिम: समानुपातिकतर्फ आठविसकोटको मत गणना सकियो (विवरणसहित)

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा समानुपातिक निर्वाचन तर्फको मतगणना जारी रहेको छ ।

आज बिहानबाट  समानुपातिक निर्वाचनतर्फको मतगणना सुरु भएको हो ।

सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले दिनुभएको जानकारी अनुसार हालसम्म आठबिसकोट नगरपालिका क्षेत्रमा रहेका मतदान केन्द्रहरूको मतगणना सकिएको छ ।

कार्यालयका अनुसार हालसम्म नेपाली कम्युनिस्ट पार्टीले ३ हजार १४९, नेपाली कांग्रेसले २ हजार ५७७, प्रगतिशील लोकतान्त्रिक पार्टीले २ हजार २१४ र नेकपा एमालेले १ हजार ७६२ मत प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ६ सय, नेकपा (माओवादी) ले २८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ८५ मत प्राप्त गरेका छन् ।

जम्मा ५७ पार्टीको चुनाव चिन्हमा मत खसेको छ । अहिले चौरजहारी नगरपालिकाको मत गणना भइरहेको छ ।

समानुपातिकतर्फ कुल १ लाख ७ हजार ४४९ मत खसेकोमा हालसम्म १२ हजार ७३६ मत गणना भएको छ । जसमध्ये १२ हजार ११६ मत सदर भएको छ भने ६२० मत बदर भएको छ।

1000158079-1772975162.jpg
1000158080-1772975165.jpg
1000158081-1772975166.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय