नेभिगेशन
राजनीति

कम्युनिष्ट विरासत जोगाउँदै रुकुमको समृद्धिमा केन्द्रित हुने गोपाल शर्माको प्रतिबद्धता

रुकुम पश्चिम । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गोपाल शर्माले आगामी पाँच वर्ष आफू सम्पूर्ण रुकुमेली जनताको हित र विकासका लागि समर्पित हुने बताउनुभएको छ । 

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएपछि मुसिकोटमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धा सकिएसँगै अब सबै दल र नागरिकको साझा प्रतिनिधिका रूपमा काम गर्ने बताउनुभएको हो । ।

उहाँले चुनावअघि राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि अब विकास र जनहितका मुद्दामा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो। रुकुम पश्चिमको आर्थिक उन्नति, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधार आफ्नो प्रमुख लक्ष्य रहने समेत बताउनुभयो ।

शर्माले जनताको विश्वास र मतबाट संघीय संसदमा पुग्ने अवसर प्राप्त भएकाले अब जनताको अपेक्षा अनुसार काम गर्नु आफ्नो पहिलो दायित्व भएको धारणा राख्नुभयो । जनताको सुझावलाई मार्गदर्शनका रूपमा लिएर काम गर्ने र काम गर्ने क्रममा देखिने कमजोरी सुधार्दै अघि बढ्ने बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको रुकुमलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान कृषि उत्पादन वृद्धि, स्थानीय स्रोत–साधनको उपयोग र रोजगारीका अवसर सिर्जना गर्न आफूले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति