नेभिगेशन
राजनीति

रोल्पामा नेकपाका वर्षमान पुन विजयी

रोल्पा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपाका उम्मेदवार एवं पूर्व अर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित रोल्पाबाट विजयी भएका छन्। उनले १५ हजार ४५२ मतान्तरले  प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा सुदन कुमार वलीलाईपछि पारेका हुन्। 

पुनले २७ हजार ४६० र वलीले १२ हजार ८ मत ल्याएका छन्। सबै खसेको मत ६८ हजार ७७६ मध्ये ३ हजार १४४ मत बदर भएको छ।

पुन रोल्पाबाट प्रतिनिधिसभामा तीन पटक निर्वाचित भएका हुन्। उनी पूर्व अर्थ, ऊर्जा, पुनर्निर्माणमन्त्री समेत हुन्।

तेस्रोस्थानमा रास्वपाका उम्मेदवार बालाराम थापा र चौथोमा एमालेका गोकुल घर्ती छन्। थापाले १० हजार ८ सय ९४ र घर्तीले ९ हजार ९३३  मत पाएका छन्। रोल्पामा१० उम्मेदवार चुनावी मैदानमा थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति