नेभिगेशन
राजनीति

सल्यानमा करिव ६ सय मतले लिड गर्दै नेकपाका उम्मेदवार रमेश मल्ल

पछ्याउँदै घण्टी उम्मेदवार ललित कुमार चन्द

सल्यान। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सल्यान निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी रहँदा नेकपाका उम्मेदवार रमेश कुमार मल्ल अग्रस्थानमा रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार हालसम्म सार्वजनिक मतपरिणामअनुसार  रमेश कुमार मल्लले १८ हजार २९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित कुमार चन्दले १७ हजार ४१६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार गुलाव जंग शाहले १३ हजार ९१९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार केश बहादुर विष्टले १३ हजार १११ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्