नेभिगेशन
राजनीति

रुकुम पश्चिममा चार पालिकाको मत गन्दा गोपाल शर्माको अग्रता कायमै

दोस्रो स्थानमा उक्लिए राजु केसी

रुकुम पश्चिम ।  प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा मतगणना जारी रहँदा चार वटा पालिकाको मत गणना सकिँदासम्म नेकपाका उम्मेदवार गोपाल शर्मा ‘अनल’ अग्रस्थानमा रहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म आठविस्कोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकाको मत गणना सम्पन्न भएको छ।

गणनाअनुसार नेकपाका उम्मेदवार गोपाल शर्मा ‘अनल’ले १५ हजार १५० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १० हजार १६५ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका प्रलोपाका उम्मेदवार जनार्दन शर्माले १० हजार १६ मत प्राप्त गरेका छन । रास्वपाका उम्मेदवार मानबहादुर शाहीले २३४४ मत प्राप्त गरेका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति