नेभिगेशन
राजनीति

रुकुम पश्चिममा नेकपाका गोपाल शर्मालाई पछ्याउदै प्रलोपाका जनार्दन शर्मा

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिम भएको निर्वाचनको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्माको अग्रता कायमै रहेको छ । 

सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार ३२ हजार १९० मत गणना हुँदा नेकपाका गोपाल शर्माले ११ हजार १५६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ ।

यो मत जिल्लाको आठबिसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिका हो । शर्मालाई प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्माले पछ्याईरहनु भएको छ । जनार्दन शर्माले आठ हजार ५६० मत प्राप्त गर्नुभएको छ । 

सहायक निर्वाचन अधिकृत शाहीले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका राजु केसीले सात हजार ४०६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले एक हजार ८५५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ४७, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३०७, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्काले १२१, नेकपा (सयुक्त) का शेरबहादुर केसीले ४७, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसीले ४२, आम जनता पार्टीका प्रेमा दमाईले सात र नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिकले सात मत प्राप्त गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब सानीभेरी गाउँपालिका, मत्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाको मत परिणाम आँउन बाँकि रहेको छ । रुकुम पश्चिममा कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा ६२ हजार ९६८ मत खसेको थियो । जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति