नेभिगेशन
राष्ट्रिय

जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबार (भोलि)सम्ममा प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् ।

‘प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम गरिरहेका छौं, आज अपराह्नसम्म त्यो काम सकिनेछ,’ आयोगका एक पदाधिकारीले  भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’

अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात पनि आयोगले प्रधानमन्त्रीलाई बुझाउनेछ ।

गत २३ भदौमा जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भएको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्