नेभिगेशन
राजनीति

हारमा ‘ह्याट्रिक’ भएपछि दलीय राजनीतिबाट विदा भए रविन्द्र मिश्र

राजसंस्थाको मुद्दा नछाड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिने निर्णय गर्नुभएको छ । 

शनिबार सामाजिक सञ्जालमा लेख्दै मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित दलीय राजनीतिबाट बिदा लिने निर्णय लिएको बताउनुभयो । 

त्यस्तै राजसंस्था पुनस्थापना र सुशासन लगायतका मुद्दामा आफू स्वतन्त्र नागरिकको हैसियतमा रहने समेत बताउनुभएको छ । 

आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु,’ उहाँले भन्नुभएको छ, ‘राजसंस्था पुनःस्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय ९स्वतन्त्र० रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु ।’

मिश्रले बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट प्रतिष्पर्धा गर्नुभएको थियो । तर लज्जास्पद हार मिश्रले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको हो ।  त्यसो त मिश्र २०७४ र २०७९ को निर्वाचनमा समेत सो क्षेत्रबाट पराजित हुनुपरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति