नेभिगेशन
राजनीति

रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता

बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिनुभएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ४ क केन्द्रको जम्मा १७५२ मत गणना गर्दा शर्माले ७२६ मतका साथ अग्रता लिनुभएको हो । 

मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरका अनुसार नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ५५४, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले २३७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले ८२ मत प्राप्त गर्नुभएको छ । 

गणना भएका मतमध्ये ८९ मत बदर भएको बताइएको छ। 

जिल्लामा ५९.०३ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९६८ मत खसेको हो । महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति