नेभिगेशन
राष्ट्रिय

रुकुम पश्चिममा ५८.४४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहिबार रुकुमपश्चिममा सबै मतदान केन्द्रहरुमा शान्तपूर्वक मतदान सम्पन्न भएको छ । जिल्लाभर ५८.४४ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   

सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जिल्लामा कुल मतदाता संख्या एक लाख छ हजार ६६० जना रहेकोमा ६२ हजार ९६८ मत खसेको बताउनुभयो ।

जम्मा पुरुष मतदाता ५४ हजार दुई सय ६३,  महिला ५२ हजार तीन सय ९६ र एक जना रहेकोमा २८ हजार ३६४ पुरुष र ३४ हजार ६०४ महिलाले मतदान गरेका हुन् । 

जिल्ला सुरक्षा समितिले आजै राती १ बजेभित्र जिल्लाका सबै स्थानबाट मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईपुर्याउने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्