नेभिगेशन
राष्ट्रिय

रुकुम पश्चिममा मध्यान्न १२ बजेसम्म करिब ३७ हजार मत खस्यो

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुमा शान्तीपूर्वक निर्वाचन भईरहको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ३४.५३प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीले १८ हजार ९७२ महिला र १७ हजार ८६२ पुरुष गरेर जम्मा ३६ हजार ८३४ जनाले मतदान गरेको जानकारी दिनुभयो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा ७६ मतदान स्थल रहेका छन् भने १४० स्थायी र दुई अस्थायी गरी १४२ वटा मतदान केन्द्रहरु रहेका छन् । यहाँ कुल मतदाता संख्या एक लाख छ हजार ६६० जना रहेको छ ।

जसमा पुरुष मतदाता ५४ हजार २६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३९६ तथा एक जना अन्य मतदाता रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्