नेभिगेशन
राजनीति

सानीभेरीमा तीन दलको झन्डाअंकित र्‍याली, पार्टी निर्णय विपरित भएकोले कारबाहीको माग

शुक्रबार दिउँसो रुकुम पश्चिमको सानीभेरी गाउँपालिमा तीन राजनीतिक दलहरुको झन्डा र चुनाव चिन्ह अंकित मोटरसाईकल ¥याली विवादित बनेको छ । 

सानीभेरी गाउँपालिकाको केन्द्र सिम्ली देखि गिठाकोटसम्म केहि युवाहरुको सहभागीतामा भएको उक्त ¥यालीमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र प्रगतीशिल लोकतान्त्रिक पार्टीको झन्डा र चुनाव चिन्ह प्रयोग गरिएको छ । 

नेपाली कांग्रेस रुकुम पश्चिमका प्रवक्ता एवम् चुनाव प्रचार समिति सानीभेरीका संयोजक लालबहादुर ओलीले अन्य दुई दलहर समेतको झन्डा राखेर भएर मोरसाईकल ¥यालीले प्रचार प्रसार समितिको गम्भिर ध्यानाकर्षणभएको बताउनुभयो ।

Screenshot-2026-02-27-213613-1772209297.png

उहाँले एक वक्तव्य जारी गरेर ¥यालीबाट आम कार्यकर्तामा भ्रम सिर्जना भएको र नेपाली कांग्रेसले कुनैपनि दलसँग औपचारिक र अनौपचारिक गठबन्धन नगरेको र ¥यालीमा कांग्रेसको निर्णय अनुसार नभएको स्पष्ट पार्नुभएको छ । ओलीले पार्टीको निर्णय बिना अन्य दलसँग सयुक्त गतिविधि सञ्चालन गर्नु अनुचित र संगठनको मर्यादा विपरित रहेको बताउनुभयो । उहाँले यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराउनु हुँदै भविष्यमा भएमा पार्टीको विधान अनुसार कारबाहि हुने समेत जानकारी गराउनु भयो । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उक्त घटनाबारे एक स्पष्टिकरण पत्र सार्वजनिक गरेको छ । पार्टीका सानीभेरी गाउँपालिका सभापति मदन ओली र निर्वाचन प्रचार प्रसार प्रमुख विकास ओलीले उक्त ¥याली भ्रम सिर्जन गर्नलाई गरिएको र यसमा रास्वपाको संलग्न नरहेको जनाउनुभएको छ । 

¥यालीमा पार्टीको झन्डा प्रयोग भएको विषयमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै यो कार्य पार्टीको निर्णय, निर्देशन र जानकारी विना भएको कारबाहिको माग समेत गरिएको छ । रास्वपाले कसैसँग पनि गठबन्धन, सहकार्य तथा सयुक्त चुनावी कार्यक्रम नगरेको उहाँहरुले स्पष्ट पार्नुभएको छ ।

642746069_1944178959506727_8817593038121507895_n-1772209310.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति