नेभिगेशन
राजनीति

कांग्रेस उम्मेदवार केसीको गृहनगरमा लोकप्रिय बन्दै घरदैलो

नेपाली कांग्रेस रुकुम पश्चिमले शनिबार मुसिकोट नगरपालिकाको वडा नम्वर ४, १२ र १४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

नगर सभापति प्रेमबहादुर ओलीका अनुसार प्रतिनिधी सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवार राजु केसीसहितको चुनावी अभियान टोलीले घरदैलो कार्यक्रम गरेको हो ।

उम्मेदवार केसीको गृह नगर समेत रहेको मुसिकोटमा पार्टीको घरदैलो तथा प्रचार अभियान लोकप्रिय भईरहेको सभापति ओलीले जानाकरी दिनुभयो । उहाँका अनुसार हरेक दिन वडा तथा टोलस्तरमा हुने घरदैलो कार्यक्रममा कार्यकर्ताहरको उत्साहपूर्ण सहभागिता रहने गरेको छ । 

घरदैलो कार्यक्रममा पुर्व राज्यमन्त्री गोपाल जी जंग शाह, कांग्रेसका केन्द्रिय सदस्य एवम् समानुपातिक तर्फका उम्मेदवार मानबहादुर नेपाली लगायतको टोली सहभागि रहेको छ । 

घरदैलो कार्यक्रममा बदलिदो परिस्थितीको माग अनुसार कांग्रेसले उम्मेदवार अघि सारेकोले जिल्लाको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाईएको छ । जिल्लाको विकास, समृद्धि, सुशासन लगायका क्षेत्रमा महत्वपूर्ण योजनाहरु अघि सारेर आत्मनिर्भर रुकुम बनाउने प्रतिबद्धता उम्मेदवार केसीले जनाउनुभएको छ । 

आईतबार नगरपालिकाको वडा नम्वर २, ३ र १३ मा घरदैलो अभियानलाई निरन्तरता दिने बताईएको छ । 

632306302_1990750775127725_3374016907994272238_n-1771089177.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्