नेभिगेशन
राजनीति

चौरजहारीका घरदैलोमा कांग्रेसका उम्मेदवारसहितको टोली 

नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु केसीसहितको टोलीलाई घरदैलो अभियानका लागि चौरजहारीमा केन्द्रित गरेको छ । 

चुनाव प्रचार तथा घरदैलो टोलीले चौरजहारी नगरपालिका–१४ बाट प्रचार अभियान सुरु गरेको छ। यस अघि जिल्ला कार्यसमिति, नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको टोली वडा वडामा केन्द्रित भएर प्रचार अभियान सञ्चालन गरिरहेको थियो । आजबाट केहि दिन उम्मेदवारसहितको टोलीले मतदाताहरुसँग भेटघाट तथा अन्रक्रिया गर्ने कार्यक्रम रहेको छ । 

यसअघि त्रिवेणीका केही वडा, बाँफिकोट र सानीभेरीका विभिन्न वडामा घरदैलो अभियान सम्पन्न गरिसकेको कांग्रेसले रुकुम पश्चिम बुधबारदेखि चौरजहारी क्षेत्रमा अभियान अघि बढाएको हो। उम्मेदवार केसीसँगै नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल शाह लगायतका नेता–कार्यकर्ता अभियानमा सहभागी हुनुहुन्छ।

घरदैलो अभियान अन्तर्गत मतदातासँग भेटघाट गर्दै स्थानीय समस्याबारे छलफल भइरहेको चौरजहारी नगर सभापति प्रेम बहादुर ओलीले जानकारी दिनुभयो ।

घरदैलो तथा अन्तरक्रियाको क्रममा विशेषगरी खानेपानी र सिँचाइको अभाव, सडक र विद्युत् सेवा सम्बन्धी समस्याहरू मतदाताले उठाइरहेका छन्। टोलीले स्थानीयका गुनासा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

कांग्रेसले चुनावी अभियानलाई मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा संकलनमा केन्द्रित गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्