नेभिगेशन
राजनीति

निरन्तर घरदैलोमा 'गुलाब'को टोली

आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा युवा नेता चन्द्र बुढालाई उम्मेदवार बनाएको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) रुकुम पश्चिमले निरन्तर घरदैलो कार्यक्रम गरिरहेको छ । 

सहिद परिवारका सदस्यहरुकोसँगको भेटघाट तथा छलफलपछि सुरुवात गरिएको चुनावी अभियान उम्मेदवार बुढाको गृह नगर आठबिसकोटमा केन्द्रित रहेको छ । नेकपा (माओवादी) ले गुलाव चिन्ह लिएर चुनावमा होमिएको छ । 

सोमबार आठबिसकोट नगरपालिकाकाे विकटमा रहेको वडा नम्वर ६ को मन्काबगर र छिमी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको युवा नेता महेश बस्नेतले जानकारी दिनुभयो । उम्मेदवार बुढाले मतदाताहरुसँग मुलुकको पछिल्लो परिस्थिति जानकारी गराउँनु हुँदै देश र जनताको भविष्य सोचेर गुलाब चिन्हमा मत हाल्न अनुरोध गर्नुभएको छ । 

उहाँले मुलुकमा बढीरहेको कुशासन र व्याप्त भ्रष्टाचार निर्मुल पार्न नेकपा (माओवादी) संसदमा जानुपर्ने भएकोले यस पटक चुनावी मैदानमा होमिएको बताउनुभयो । सडक र संसदमा मुलुकको बृहत्तर हितका पक्षमा आवाज बुलन्द गर्न जनताको साथ अनिवार्य रहेको उहाँको भनाई छ । 

उमेदवार बुढा नेतृत्वको चुनावी अभियान टोलीले निरन्तर घरदैलो कार्यक्रम गरिरहेको र जनतामो माया र सद्भाव संकलन गरिरहेको छ । यस बिचमा जनताबाट रचनात्मक सुझाव समेत संकलन गरिहरको बताईएको छ । 

628053950_122164737236644221_3304626793589065338_n-1770648740.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्