नेभिगेशन
राजनीति

दुई रूकुमका एमाले कार्यकर्ताले आँखामा मतदान गर्ने सहमती

आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिम र रुकुम पूर्वमा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार हुनुहुन्छ भने पूर्वमा संदिप पुन उम्मेदवार हुनुहुन्छ । प्रलोपाको चुनाव चिन्ह आँखा हो ।

एमालेले रुकुम पश्चिममा जिल्ला अध्यक्ष नन्दराम देवकोटा र रुकुम पुर्वमा केन्द्रिय सदस्य लिलामणि गौतमलाई उम्मेदवार बनाएको थियो ।

एमालेले आँखामै मतदान गर्ने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्