नेभिगेशन
राजनीति

कालिकोटमा चार जनाको उम्मेदवारी फिर्ता

कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनुभएका चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिनुभएका अर्का केन्द्रीय सदस्य जीवनबहादुर बुढासहित चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो।  

बुढासँगै नेपाली कांग्रेसका बागी उम्मेदवार भुपेन्द्रजंग शाही, प्रगतिशील लोकतानित्रक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेमसिंह तिरुवाले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालका अनुसार उम्मेदवारी फिर्ता लिने निर्धारित समयमा चार जनाले फिर्ता लिनुभएको हो । अब कालीकोटमा नेकपा, नेकपा (एमाले), नेपाली कांग्रेस, राप्रपा, नेमकिपा, रास्वपासहित केही स्वतन्त्र गरेर दश जनाको उम्मेदवारी कायम रहेको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्