नेभिगेशन
राजनीति

रुकुम पश्चिममा कम्युनिष्ट विरासत जोगाउन मेरो उम्मेदवारी : गोपाल शर्मा

रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । 

पार्टीका केन्द्रीय सदस्य गोपाल शर्माले मुख्य निर्बाचन अधिकृतको कार्यलय पुगेर उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

उहाको प्रस्तावकमा वसन्त शर्मा र समर्थकमा देवी ओली रहनु भएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै शर्माले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

उहाँले जिल्लामा कम्युनिस्ट विरासत जोगाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ। उहाँले रुक्मेली जनताको चाहना र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको जनाउनु भएको छ ।

यस अघि राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले  उम्मेदवारी दर्ता गराउनु भएको छ । स्वतन्त्रबाट प्रविण नेपालले मनोनयन दर्ता प्रक्रियामा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्