नेभिगेशन
राजनीति

रुकुम पश्चिममा राजमोका श्रेष्ठ र स्वतन्त्रबाट नेपालको उम्मेदवारी

रुकुम पश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सुरु भएको छ ।

राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले पहिलो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी स्वतन्त्रबाट प्रविण नेपालले मनोनयन दर्ताको लागि निवेदन दिनुभएको छ । आफ्नो उम्मेद्वारी दर्ता प्रक्रियामै रहेको नेपालले जनाउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्