नेभिगेशन
राजनीति

एमाले रुकुम पश्चिमबाट जिल्ला अध्यक्ष देवकोटालाई टिकट पक्का 

नेकपा (एमाले) रुकुम पश्चिमले पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई आसन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने पक्का भएको छ । 

फागुन २१ गते हुने चुनावका लागि भोली माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ । एक मात्र प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा जिल्ला अध्यक्ष देवकोटाले टिकट प्राप्त गरेको पार्टीका जिल्ला सचिव शशिराम नेपालीले जानकारी दिनुभयो । 

जिल्लाबाट एक जनाको मात्रै उम्मेदवारी सिफारिस भएको र सोहि अनुसार पार्टी केन्द्रले पनि निर्णय गरेको सचिव नेपालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार भोली नै पार्टीको औपचारिक मनोनयन प्राप्त हुने र जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्ने कार्यक्रम पार्टीले तय गरेको छ । 

लामो समय शिक्षण पेशामा रहि सेवा गर्नुभएका देवकोटा ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्