नेभिगेशन
राजनीति

एमालेका दुई प्रदेश कमिटी सदस्यसहित ३१ जना नेकपामा प्रवेश (नामावलीसहित)

रुकुम पश्चिममा नेकपा (एमाले) का दुई जना प्रदेश कमिटी सदस्य सहित ३१ जनाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शनिबार मुसिकोट नगरपालिका १ को बहाराटाकुरामा भएको नेकपाको एकता सन्देश सभाको अवसरमा ३१ जनाले पार्टी प्रवेश गरेको जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रवेश गर्नेहरुमा नेकपा एमालेका दुई जना कर्णाली प्रदेश कमिटी सदस्यहरु गणेश बिक चिन्तन र शिव रसाईली हुनुहुन्छ । उहाँहरु दुबै जना साबिक माओवादीबाटै एमालेमा जानुभएको थियो । अन्य प्रवेश गर्नेहरुमा नेपाली काँग्रेस, प्रगतिशिल लोकतान्त्रिक पार्टी, रास्वपा लगायतका पार्टीका कार्यकर्ताहरु रहेको जिल्ला संयोजक सचिनले जानकारी दिनुभयो । 

प्रवेशीहरुलाई नेकपामा संयोजक प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल लगायतका नेताहरुले स्वागत गर्नुभएको हो । 

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुको विवरण :
१. गणेश बिक चिन्तन (कर्णाली प्रदेश सदस्य, एमाले)
२. शिव रसाइली, (कर्णाली प्रदेश सदस्य, एमाले)
३. समिर पुन मगर (आठविसकोट नपा १२, एमाले वडा समिति सचिव)
४. बुकेश पुन मगर (आठविसकोट नपा १२, काँग्रेस वडा समिति उपसभापति)
५. कस्तुप पुन (आठविसकोट नपा १२, एमाले वडा समिति सदस्य)
६. जगदिश खड्का आठविसकोट नपा ११, एमालेबाट)
७. विर्मी खड्का (आठविसकोट नपा ११ एमालेबाट)
८. विपना खड्का (आठविसकोट नपा ११ एमालेबाट)
९. नन्नराम सुनार (आठविसकोट नपा ९, काँग्रेसबाट)
१०. पवन रसाइली (मुसिकोट नपा ११, नेकपा बहुमतबाट)
११. खडक बहादुर केसी (त्रिवेणी गापा ३, एमालेबाट)
१२. गणेश बिक गुराँस (देशभक्त प्रगतिशील युवा मञ्चका केन्द्रिय संरक्षक)
१३. विष्णु ओली (देशभक्त प्रगतिशील युवा मंचका महासचिव)
१४. विशाल रसाइली (सानीभेरी गापा ५ घापागार, नेसपाबाट)
१५. अटल पुन मगर (सानीभेरी गापा ५ घापागार, नेसपाबाट)
१६. टोपिराम मल्ल (बाँफिकोट गापा, नेसपाबाट)
१७. धन बहादुर मल्ल (बाँफिकोट गापा, नेसपाबाट)
१८. गोविन्द कुमार महर (चौरजहारी नपा ३, प्रलोपा वडा समिति अध्यक्ष)
१९. बालकुमारी घर्ती (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सचिव)
२०.चन्द्रा बस्नेत (चौरजहारी नपा ३, प्रलोपा वडा समिति उपाध्यक्ष)
२१. देवी घर्ती (चौरजहारी नपा ३, प्रलोपा वडा समिति कोषाध्यक्ष)
२२. गोर्वे ओली (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२३. डम्बर घर्ती (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२४. गीता पुन (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२५. सावित्रा बटाला (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२६. बालकुमारी कामी (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२७. डण्डबिर कामी (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२८. पविता कामी (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
२९. जयमति कामी (चौरजहारी नपा ३, प्रलोपा वडा समिति सदस्य)
३०. यज्ञबहादुर चन्द (चौरजहारी रास्वपाबाट)
३१. तुले नेपाली (चौरजहारी काँग्रेसबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति