नेभिगेशन
राजनीति

रुकुमका सबै दल एकातिर भएपनि नेकपा एक्लै काफी रहेको दाबी (भव्य र्‍यालीको भिडियोसहित)

दिउँसोको संकेत बिहानीले गर्छ : गोपाल शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आज जिल्ला सदरमुकाम मुसिकोटमा बृहत मोटरसाईकल र्‍यfली सम्पन्न गरेको छ । 

आगामी पुस २६ गतेका दिन बराहटाकुरामा हुने एकता सन्देश सभा तयारी तथा प्रचार स्वरुप युवाहरुको सहभागीतामा मोटरसाईकल र्‍यfली निकालिएको नेकपाले जनाएको छ ।

सल्लेमा भएको मोटरसाईकल र्‍यfली समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपाको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोपाल शर्माले दिउँसोको संकेत बिहानीले गर्छ भनेझै युवाहरुले उत्साहपूर्ण र भव्य रुपमा र्‍यfली निकालेर सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले चुनावी गतिविधि सुरु भएको र सुरुमै भव्य प्रदर्शन भएको बताउनुभयो । 

उहाँले आजको बृहत सहभागिता हेरेर पनि नेकपाका नेता कार्यकर्ताहरु कता छन् भनेर स्पष्ट हुने उल्लेख गर्नुभयो । रुकुम नेकपाकै किल्ला भएको र आजको प्रदर्शन कास्टिङ मात्रै भएको उहाँको भनाई छ ।

शर्माले २६ गते बहाराटाुकरामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधव कुमार नेपाल आउने र त्यहाँ आफ्नो पार्टीको देखाई छाड्ने बताउनुभयो । जिल्लामा रहेका सबै राजनीतिक शक्तिहरु एकातिर भएपनि नेकपा एक्लै काफी रहेको उहाँको दाबी छ । 

नेकपाका मुसिकोट नगर कमिटी अध्यक्ष धनबहादुर खड्का बसन्तले मुसिकोटको माछिमी, पिपलनेटा, सेरीगाउँ, खलंगा हुँदै सल्ले पुगेर र्‍यfली समापन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार र्‍यfलीमा करिब पाँच सय मोटरसाईकल रहेका थिए । र्‍यfलीमा जिल्लामा छ वटै पालिकाबाट युवाहरु सहभागी भएको उहाँले जनाउनुभयो । 

मोटरसाईकल र्‍यालीको भिडियो :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति