नेभिगेशन
समाज

सामुदायिक वनको साधारणसभा सम्पन्न

  • इन्द्र बुढाथोकी

सल्यान / सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ डोप्केमा रहेको सल्लेरी सामुदायिक वन उपभोक्ता समुहले शनिवार साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले वन व्यवस्थापन, सिपमुलक तालीम अग्नि नियन्त्रण, दैविक प्रकोप विपत व्यवस्थापन, घुम्ती कोष वितरण, वृक्षारोपण लगाएतको बार्षिक कार्यक्रम पारित गरेको छ । सभाबाट खानेपानी ट्याङ्की, च्याउखेती उनी बुनाइ रिचार्ज पोखरी लगाएतका क्षेत्रमा सामुदायिक वनले काम गर्ने समेत निर्णय गरिएको छ ।

साधारण सभामा डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरी, आशा परियोजनाका जिल्ला आयोजना समन्वय एकाइ संयोजक चुडामणि खतिवडा,इबिए जिल्ला आयोजना संयोजक दिगम्वर दाहाल, कार्यपालिका सदस्य शुसिला विक, पुर्व गाविस अध्यक्ष बल बहादुर बुढा, पुर्व सामुदायिक वनका अध्यक्ष डिल्ली बहादुर विक, झलक बहादुर बुढा, आशा टोपेन्द्र गिरि लगाएतले आफ्नो भनाई राख्नुभएको थियो ।

सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले प्रत्येक वर्ष विभिन्न सिपमुलक तालीम सिकाउनुको साथै सामुदायिक वन गोडमेल, पोखरी, निर्माण, सिलाइकटाइ तालीम, मुढा बुनाइ लगाएत अन्य कामहरु सधै गर्दै आइरहेको छ ।

साधारणसभाको अवसरमा पुर्व अध्यक्षहरु डिल्ली बहादुर विक र झलक बहादुर बुढा तथा बन हेरालु कलिभान बुढा र धन सिंह बुढालाई सम्मा समेत गरिएको छ । उहाँहरुलाई प्रमाणपत्र तथा दोसोल्लाले सम्मान गरिएको हो ।

सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालक सचिव चन्द्रकला विक र स्वागत मन्तव्य उपाध्यक्ष अनिता बुढाथोकीले गर्नु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर